११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

थपिए ९९ जना कोरोना संक्रमति

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

यस्तै, थप २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । यस्तै, ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानाकारि दिएको छ । शनिबारसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार