२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

भारतको उत्तराखण्डमा हिमपहिरोको विपद

नयाँ दिल्ली — भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको बताइएको छ । भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करिब दस बजेको आसपासमा हिमपहिरो गएको थियो । त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत एकसय पचास बढी कर्मचारी बेपत्ता भएका छन् ।
बाढीका कारण दुईवटा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । सबैभन्दा बढी नोक्सान निर्माणाधीन ऋषिगंगा जलविद्युत परियोजनामा भएको छ । त्यसैगरी सञ्चालनमा रहेको धौलिगंगामा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ । भारतीय सन्चारमाध्यमहरुले उत्तराखण्ड सरकारलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार बाढीका कारण करिब डेढ सय जना बेपत्ता छन् । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उत्तराखण्ड चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरु रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरुसमेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।
स्थानीय प्रशासनले अलकनन्दाका तल्लो तटीय क्षेत्रमा ‘हाइअलर्ट’ जारी गर्दै आसपासका क्षेत्रलाई तत्काल खाली गाली गर्न निर्देशन दिइसकेको बताइएको छ । साथै उत्तरप्रदेशका गंगा नदीका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन प्रदेश सरकारले सूचना जारी गरिसकेको छ । उद्धारका लागि केन्द्र सरकारले विशेष टोली दिल्लीबाट पठाइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार