२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

नेपालमा थपिए ११९ जना कोरोना संक्रमित, ३ जनाले गुमाए ज्यान

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार नेपालमा ११९ जना कोरोना संक्रमित थपिदा । कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २ सय ६० जना संक्रमित निको हुँदा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार