२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पाणिनि गाँउपालिकाको उत्कृष्ट कार्य छात्राहरुलाइ आइरन चक्कि

शिबराज बेल्वासे ,पटौटि, अर्घाखाँची
पाणिनी गाउँपालिका अर्घाखाँची र सुहाराको संयुत्त योजनामा संचालित कार्यक्रम अनुसार आज देविप्रभाव माध्यमिक विद्यालय पाणिनि गाँउपालिकाको वडा नम्वर ४ पटौटिमा अध्ययनरत १० देखि १९ वर्षका किसोरिहरुलाई निशुल्क आइरन चक्कि खुवाइएको छ । पटौटी स्वास्थ्य चौकी इन्चार्ज गणेश प्रसाद घिमिरेको उपस्थितिमा आइरन चक्कि बितरण गरिएको थियो । आइरन चक्कि खाने कार्यक्रममा करिव ८० जना छात्रा सहभागि भएको स्वास्थ्य जनसंख्या तथा बाताबरण  बिषय अध्यापन गर्ने शिक्षक अर्जुन घिमिरेले बताउनुभएको छ । आइरन चक्कि खाँदा किसोरिहरुमा देखिने रक्तअल्पता लगायत विभिन्न समस्या हटाउन सहयोग गर्ने भएकाले पालिकाको यस कार्यलाइ धेरैले सकारात्मक रुपमा लिएका छन । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरे , शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पाणिनि गाँउपालिका भित्र रहेका सबै विद्यालयका १० देखि १९ वर्ष सम्मका छात्राहरुलाइ अब अभियानकै रुपमा आइरन चक्कि खुवाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार