३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

शिक्षक मैत्री बन्दै पाणिनि गाउँपालिका ,बटुल्यो सबैको प्रशंसा

माधव बेल्वासे ,२७ माघ ,अर्घाखाँची

पाणिनि गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारी सहयोग , उपचार तथा अबकास कोष स्थापना गरेको छ।स्थानीय स्तरबाट शिक्षक एबम बिधालय कर्मचारीको पक्षमा गरिएको यो अत्यन्तै ब्यावहारिक र समय सापेक्ष निर्णय भएको सरोकारवालाहरुको ठम्माइ रहेको छ ।आफनो उर्जासिल जिबन बिधालयमा समर्पित गरि दक्ष तथा सक्षम जनशक्ति उत्पादनमा सक्रिय भुमिका निर्बाह गरेका सम्पुर्ण अस्थायी ,राहत,करार शिक्षक,न्युन पारिश्रमिकमा काम गरिरहनु भएको बिधालय कर्मचारी,बालबिकास सहयोगि सहजकर्ताहरुलाइ उमेरका कारण सेवानिबृत्त हुँदा न्यूनतम ५ बर्ष सेबाको प्रति बर्ष रु ५००० को दरले हुन आउने आफ्नो सेवा अबधिको एकमुष्ट रकम उपदान स्वरूप पाउने साथै बिधालयको कामकाजमा खटिएका बखत दुर्घटनामा परेमा वा कुनै दीर्घरोग लागेमा प्रति शिक्षक ३०,००० सम्म सहयोग उपलब्ध गराउन कोष स्थापना गर्ने एबम न्युन तलबमा काम गरिरहेका बालबिकास सहयोगी सहजकर्ता र बिधालय सहयोगी कर्मचारीको प्रोत्साहन स्वरुप मासिक रु १२०० तलब पालिकाको तर्फबाट थप गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले पाणिनि न्युज डट कम लाई जानाकारि दिनुभएको छ । उहाँले पालिकाको यस निर्णयले शिक्षकलाई सिकाइ उपलब्धि वृद्धि गर्न प्रेरण मिल्ने अपेक्षा गरेको बताउनु भएको छ ।
यस्तै पालिका उपाध्यक्ष लक्ष्मी गौतमले आफुहरुले शिक्षकहरुका समस्याहरुलाइ सदैब मनन गर्दै उहाँको सम्मानमा कमि हुन नदिने योजना अगाडि बढाउने बताउदै उहाँहरुको उर्जावान समय शिक्षा क्षेत्रमा बितेको समयको सानो सम्मान भएको बताउनुभएको छ ।
प्रमुख प्रसासकिय अधिकृत नेत्र पसाद घिमिरेले शिक्षकलाइ थप उर्जावान बनाउन पालिकाले गर्ने सकारात्मक कदमले सबैलाइ हौसला मिल्ने बताउनु भएको छ । यस्तै सामाजिक विकास समितिका संयोजक गुनाखर अधिकारिले पाणिनि गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारी सहयोग , उपचार तथा अबकास कोष कार्यविधि २०७७ पारित गरेर सोका लागि बजेट समेत विनियोजन गरेको बताउनु भएको छ ।

शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले पनि कार्यपालिकाले गरेको यस निर्णयको स्वागत गर्नुभएको छ ।
शिक्षकको मनोबल बढ्नु नै गुणस्तरीय शिक्षाको आधार हो ।शैक्षिक क्षेत्रमा उदाहरणिय कार्यको थालनी गरेको र पाणिनी गाउँकार्यपालिका द्वारा शिक्षक बिधालय कर्मचारी कल्याणकारी कोष को स्थापना साथै बाल बिकास सहयोगी कार्यकर्ता र बिधालय कर्मचारी का लागि मासिक रु.१२०० र का दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय दसौं गाउँशभा बाट भयकोमा प्रति पालिकामा क्रियासिल शिक्षकका पेशागत सँघ संगठनहरुले कार्यपालिकालाई धन्यावाद ज्ञापन गरेका छन् ।
साथै उनिहरुले दरबन्दी मिलान को यो कार्य समयमै पूरा हुँदा शैक्षिक सुधारको आधार तयार हुनुका साथै स्थानीय सरकारको औचित्य आम जनताले महशुष गर्ने कुरा सुझावको रुपमा पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार