काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को छानबिन समितिको प्रतिवेदन अनुसार कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपिएको छ ।
कोरोनाबाट बुधबार अर्थात आज १ जनाको मृत्यु भएको र विगतमा नमिलेको तथ्यांक सच्याउँदा ६१८ मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । डा. गौतमले घरमा मृत्यु भएकाको पीसीआर रिपोर्ट पोजिटिभ भएको, कतिपयमा कोरोनाको लक्षण देखिएकाले पनि मृतकको संख्या थपिन गएको र भविष्यमा मृतकको संख्या थपघट हुन सक्ने बताएका छन् । ।
कोरोनाबाट मृत्यु भएकाको संख्या थपियो

तपाईको प्रतिक्रिया