११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीको गोली , कम्तीमा तीन जनाको ज्यान गयो

काठमाण्डौ – म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गइसकेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकालको घोषणा गरिएको छ ।

नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले गलत भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार