१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

थप एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ : ३१ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाकारि गराएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार सात सय ५० पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा एक सय २३ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार सात सय ३३ पुगेको छ । अहिले नेपालमा एक हजार एक जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक जनाको ज्यान गएको छ भने यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाकारि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार