२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

वायु प्रदूषण बढ्यो, स्वास्थ्य मन्त्रालय भन्छ :सतर्कता अपनाँउ

काठमाण्डौ। उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन अपिल गरेको छ। शुक्रवार काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मार्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको भने अहिलेलाई त्यो अवस्था रोक्न अपिल गरेको हो।

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। ‘फोहरको उचित व्यवस्थापन गरौँ तर फोहर जलाउने काम नगरौँ । कसैले फोहर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ’, मन्त्रायले विज्ञप्तिमा भनेको छ।

घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड(१९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि मन्त्रालयको आग्रह छ। मन्त्रालयले धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ सवारी साधन नचलाउन पनि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार