२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री जेल चलान

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री नजिब , १२ वर्षका लागि जेल चलान

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन् । मलेसियाको उच्च अदालतले पुनरावेदन सम्बन्धी निवेदन खारेज गरेपछि रजाक जेल चलान भएका हुन् ।

प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताउनुभएको छ । सरकारी स्वामित्वको स्वास्थ्य कोष वान एमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी सन् २०२० मा मलेसियाली अदालतबाट दोषी ठहर भएका थिए । सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय रजाक अपीलपछि जमानतमा रिहा भएका थिए । आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको बीबीसीले जनाएको छ ।

अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन वान एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेश्नलबाट रजाकको व्यक्तिगत खातामा पठाइएको थियो । अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो । रजाकका वकिलहरूले उनको निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार