४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

२४ घण्टामा २ सय २६ जनामा कोरोना पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी चार हजार ११ जनाको नमुना परीक्षण गर्दा दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन भने दुई सय २३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन हजार दुई सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार दुई सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार