युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष सेप्टेम्बर आठका दिन विश्वभर मनाउदै आएको अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ ।
नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको भए पनि विगत तीन वर्षअघि स्थगन गरिएको छ ।