४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
अहिले प्रदेश१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै,राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार