२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ यसवर्षको वाल दिवस मनाइदै छ ।

नेपालमा हरेक वर्षको भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।
यति हुदादुदै पनि अझै कतिपय वालवालिकाहरु बालमजदुरको रुपमा काम गर्न बाध्य छन् भने कतिपय विभिन्न तरिकाले हिंसाको सिकार भैरहेका समाचार सार्वजनिक हुने गरेका छन् । यस तर्फ सरोकारवाला निकायको ध्यान पुग्न जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार