काठमाण्डौ । २०औँ पटक अनशन बसेका डाक्टर गोविन्द केसी काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ। चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।
विभिन्न सात बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेको १० औँ दिनमा उहाँ आज बुधवार आफ्नै खर्चमा काठमाण्डौ आउनुभएको हो । अस्पताल भर्ना भए पनि अनशन जारी रहने उहाँका सहयोगी डा.अमृत जैसीले बताउनुभयो ।
सरकारले हिजो मङ्गलवार नै नेपाली सेनाको जहाजमार्फत काठमाण्डौ ल्याउन खोज्दा केसीले अस्वीकार गर्नुभएको थियो । अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो ।
अस्पतालले डा. केसीको शरीरमा पोषण तत्त्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ ।
२०औँ पटक अनशन बसेका डा. केसी अस्पताल भर्ना
तपाईको प्रतिक्रिया