एसईई पूरक परीक्षाको नतिजा दशैंअघि सार्वजनिक हुने

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दशैंअघि सार्वजनिक हुने जनाएको छ ।

अहिले उत्तरपुस्तिका परीक्षण भईसकेर विद्यार्थीको प्राप्तांक चढाउने काम भइरहेको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिए ।

उनले भने ‘हामी १४ भित्रमा नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेका छौं । विद्यार्थीको प्राप्तांक चढाउने काम भईरहेको छ ।’

परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएको कार्यालयले जनाएको छ ।

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा
दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थी ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार