१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ ।
ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुने बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् ।
दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ ।

यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।

परीक्षा बोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नौ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेको सङ्ख्या एक लाख ८८ हजार चार सय १० रहेको छ ।

यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ ।
त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार