बेलायतकी महारानी द्वितीयको आज अन्त्येष्टि

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ ।

अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।

बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो ।
झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार