४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

१ हजार ५१ जनामा एकै दिन डेङ्गी संक्रमण पुष्टि

काठमाण्डौ –
नेपालमा हिजो आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो एकै दिन डेङ्गी संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । यो सहित नेपालमा गएको साउन महिनापछि डेङ्गी संक्रमणका कारण ३२ जनाले ज्यान गुमाइसकेका छन।
देशका ७६ जिल्लामा डेङ्गी पुष्टि भैसकेको छ ।डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै एक मात्र उपाय रहेको डाक्टरहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार