काठमाडौं ।
यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ।
मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन्।
मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन्।
मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ।
बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,बागमती र गण्डकी प्रदेशका थोरै मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।
मंगलबार बिहान पनि मधेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यी प्रदेशहरूमा आज दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।