२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक, नेपाल ३-१ गोल अन्तरले विजयी

काठमाडौं ।
११ असोज । बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालले ३-१ गोल अन्तरको जित निकालेको छ । खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् ।
अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् ।
२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे । खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।
अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौँ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेका थिए ।
खेलको ५७ औं मिनेटमा बंगलादेशको तर्फबाट शान्त्वना गोल गरेपनि जितबाट टाढा नै रहनु पर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार