२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक (सुचना सहित)

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक अर्जुनबहादुर रायमाझीले बुधबार २०७८ को एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए।

उनले भने,‘हिजै एसइईको ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ।’उनका अनुसार बोर्डकै वेबसाइटबाटै परीक्षा नतिजा हेर्न सकिनेछ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बिहीबार सूचना जारी गरी ग्रेड वृद्धि परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको
ग्रेडमा चित्त नबुझे पुनर्योग गराउन चाहेमा सम्बन्धित निकायमा कात्तिक ६ गतेसम्ममा निवेदन दिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार