६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

आजको मौसम:पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली

काठमाडौं ।
मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

अन्य भुभागको मौसमसामान्यतया सफा रहनेछ। राति पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार