४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

देशका विभिन्न स्थानमा आजपनि भारी वर्षा ,अझै तीन दिन पानी पर्ने

काठमाडौं ।
शुक्रबार पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ।

सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आगामी तीन दिनसम्मै देशका धेरै स्थानमा ठूलो पानी पर्ने देखिएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

अक्टोबर २ मा बाहिरिसक्नु पर्ने भए पनि मनसुनी गतिविधि थप सक्रिय बनेका कारण वर्षा भएको हो।

मौसमविद् प्रधानाङ्गले केही दिन मनसुन बाहिरिने सम्भावना नरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार