काठमाडौं ।
देशको पश्चिमी भू–भागमा अझै तीन दिनसम्म पानी पर्ने अनुमान गरिएको छ।
मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले पश्चिमी भेगमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ।
बाँकी ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल प्रदेश १ मधेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
त्यस्तै आइतबार र सोमबार पनि लुम्बिनी सुदूरपश्चिम साथै कर्णाली कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै
यी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको हुने महाशाखाको प्रक्षेपण छ।