२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अर्घाखाँची सहित देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अर्घाखाँची ।
आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ ।

आज छुटेका बालबालिकालाई भोलि कार्तिक ३ गते विहिवार खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविका मार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।

भिटामिन ‘ए’ कार्यक्रम बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार