३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

बेलायती प्रधानमन्त्रीद्धारा निर्वाचित भएको ४५ दिनमै राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले निर्वाचित भएको ४५ दिनमै राजीनामा दिनुभएको छ । बीबीसीले प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको जनाएको छ ।

यो बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनुभएको हो । हिजो बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनुभएको हो ।ट्रसले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार