२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

भारतको गुजरातमा पुल भत्किएर मृत्यु हुनेको सङ्ख्या एक सय पुग्यो,कैयौँ बेपत्ता

भारतको गुजरातमा पुल भत्किएर कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पछिल्लो विव।ण अनुसार १ सय ७० जनाको उद्धार भएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा धेरै जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको र घटनास्थलमा उद्धारको काम भइरहेको बताउनुभएको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय अझै बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मत सम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार