१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बैंकविरुद्धको आन्दोलन रोक्न नेपाल उद्योग वाणिज्य महासंघको आह्वान

काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ ।

अहिले देशभरका जिल्ला÷नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो ।

तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । बजारको न्यून मागका कारण व्यापार–व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकदेखि केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको समेत महासंघको भनाइ छ ।

तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यबद्धता पनि जाहेर गरेको समेत महासंघले जनाएको छ ।

तर आगामी ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवम् खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको महासंघले उल्लेख गरेको छ । साथै निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पनि महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार