२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

आज विश्व शौचालय दिवस,नेपालसहित विश्वभर मनाइँदै

काठमाण्डौ ।
आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष नोभेम्बर–१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग बाहिर रहेको विभिन्न सरकारी तथ्याङ्कले देखाउँछ । सरकारले खुल्ला दिसामुक्त देश घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि व्यवस्थित शौचालय प्रयोगमा सुधार नआएको नागरिकको गुनासो छ ।

गएको वर्षको सरकारी तथ्याङ्क अनुसार अझै पनि ५ प्रतिशत मानिस शौचालयको प्रयोगबाट बाहिर रहेको पाइएको छ । उनीहरुलाई सरसफाइको पहुँचमा ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।

शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा हैजा, झाडापखाला जस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले हात धुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार