१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

देशका धेरै ठाउँको मौसम बदली, एक/दुई ठाउँमा हल्का पानी पर्ने

काठमाण्डौ ।
देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
उहाँका अनुसार आज हिजोअस्तिको जस्तो घाम लाग्ने सम्भावना छैन ।

घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने उहाँले बताउनुभयो । भोलिको मौसम भने आजको भन्दा सफा हुनेछ ।
तर, पर्सि फेरि बदली हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । पर्सि पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएको उहाँले बताउनुभयो ।

पर्सि काठमाण्डौमा पनि हल्का पानी पर्ने अनुमान छ । आज पनि पहाडी जिल्लाका एक÷दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ ।
मौसम बदली भएकाले चिसो बढेको छ । न्यूनतम तापक्रम नघटे पनि राम्ररी घाम नलाग्दा अधिकतम तापक्रम घट्ने भएकाले चिसो बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार