३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी पनि बढे,सावधानी अपनाउन आग्रह

काठमाण्डौ ।
देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।

विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् ।
रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् ।

रुपन्देहीको भीम अस्पताल भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताका अनुसार श्वासप्रश्वास, दम र रुघाखोकीका बिरामी आउने क्रम बढ्दो छ ।
बिरामीको सङ्ख्या बढेसँगै चिसोबाट जोगिन र स्वास्थ्य सावधानी अपनाउन डा. गुप्ताको आग्रह छ ।

चिसो ह्वात्तै बढेकाले वृद्धवृद्धा साथै बालबालिकालाई थप सचेत हुन, न्याना लुगा लगाउन, तातो खानेकुरा खान, मर्निङवाक गर्नेहरुलाई पनि सावधानी अपनाउन डाक्टरको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार