१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

भाइरल बालगायक सचिनको स्वास्थ्यमा जटिल समस्या,अस्पताल भर्ना

काठमाडौं ।
भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ अवस्थामा अहिले पनि सुधार हुन नसकेको अस्पताल स्रोतले बताएको छ ।

उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए । कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायतका गीत गायका छन् । जुन चर्चित समेत भएका थिए ।

लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका सचिन राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका थिए । परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार