देशभर चिसो थप वृद्धि हुने अनुमान :आज यि प्रदेशमा हुनेछ बर्षा

काठमाडौं ।
वर्षाको सम्भावना रहेकाले देशभर चिसो थप वृद्धि हुने अनुमान गरिएको छ।

मौसमविद् सजिना शाक्यका अनुसार शनिबार वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। यस्तै हिमाली भू–भागमा हल्का हिमपातको अनुमान गरिएको छ।

बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । जुम्ला, दोलखाको जिरी र मुस्ताङमा केही दिनदेखि नै मौसम माइनसमा पुगिसकेको छ।

आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली छ। तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ६ डिग्री सेल्सिय मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार