३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

कलाकार दुर्गेश थापामाथि कपिलवस्तुमा आक्रमण

कपिलवस्तु

कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ।

मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ।

शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ। कपिलवस्तु व्यापार संघ ले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार