बुटवल १६ पुस ।
बुटवल ९ मा प्रधान कार्यलय रहेको ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पदम लाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री, बुटवल उप-महानगर पालिकाका सहकारी विभाग प्रमुख गुनाखर खनाल, सल्लाहकार दिनेश फुल्लेल, कार्यक्रम सम्योजक तथा उपाध्यक्ष ठानेश्वर बश्याल, सचिब खगेश्वर भण्डारी, सेयर सदस्य लुकराज न्यौपानेलगायतले सहकारीको आवश्यकता र महत्वका बारेमा चर्चा गरेका थिए ।
संस्था सन्चालनको ७ महिनाको अबधिमा नै ५७४ जना शेयर सदस्य तथा ३ करोड भन्दा बढी पुजी रहेको ब्यबस्थापक लक्ष्मण रेग्मिले बताए ।
कार्यक्रममा सहकारी क्षेत्रका अगुवाहरुले ग्लोबल सहकारी स्थापनाको छोटो समयमै उल्लेखनिय प्रगती गरेको भन्दै थप सफलताको लागि शुभकामना दिएका थिए ।