२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

सुर्खेतमा जीप दुर्घटना चार जनाको मृत्यु

काठमाण्डौ ।
सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्।

गएराति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा जीप चालक वीरेन्द्रनगर–७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका–५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका–३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार