लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन् ।
अर्घाखाँचीका १२, पाल्पाका ३३, गुल्मीका २१, कपिलवस्तुका ३, रुपन्देहीका ५, रोल्पाका २६, प्युठानका १५, दाङका ५, रुकुमपूर्वका ११, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन् ।
शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरु बढुवा सूचीमा परेको जनाएको हो । बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ ।