२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

महेन्द्र बिद्या बोध माध्यमिक बिद्यालयले हिरक महोत्सव मनाउने

अस्लम अली/ अर्घाखाँची
छत्रदेव गाउँपालिका बल्कोटमा रहेको श्री महेन्द्र बिद्या बोध माध्यमिक बिद्यालयले आफ्नो हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ ।

बि.स. २०२० मा स्थापना भएको यो बिधालयलाई छत्रदेवको शैक्षिक धरोहरका रुपमा लिने गरिन्छ । उक्त बिद्यालयले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउन लागेको बिद्यालय प्रशासनले जनाएको छ ।

बिधालयले हिरक महोत्सवका अबसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ । जसमा २०८० बैशाख १४ गते दिप प्रज्ज्लन कार्यक्रम , १५ गते सरस्वती पुजा , १६ देखि १८ गते सम्म अन्तर बिधालय स्तरिय हाजिर जबाफ प्रतियोगिता , विभिन्न बिधामा , खेलकुद प्रतियोगिता , लोक साहित्य प्रतियोगिता , १९ गते पुर्ब विद्यार्थी र विशिष्ट ब्यक्तित्वहरु सङ्ग अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन बैशाख २० गते हिरक महोत्सव मुल समारोह उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

बिद्यालयले हिरक स्तम्भ निर्माण , हिरक मंच निर्माण र पुर्व शिक्षक कर्मचारी र चन्दादाता सम्मान जस्ता कार्यक्रमहरु सहित समग्र हिरक महोत्सव सफल पार्न सम्पुर्ण शिक्षक , विद्यार्थी , बिधालय ब्यबस्थापन समिती , अभिभावक , सरोकारवाला सम्पुर्णलाई तदारुकता साथ सहभागी हुन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार