२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

अखिल क्रान्तिकारीका नेता प्रेम प्रशान्त बोहराले स्ववियू सभापतिमा उम्मेदवारी दिने

रुकुम पश्चिम ।
नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता प्रेम प्रशान्त बोहराले स्ववियू सभापतिमा उम्मेदवारी दिने बताएका छन । उनले रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा रहेको सिम्रतु शिक्षा क्याम्पसबाट स्ववियू सभापतिमा उम्मेदवारी दिने बताएका हुन१
उनले भनेका छन्
विद्यार्थीहरुको चाहना र आवश्यकता के हो ? भन्ने नबुझेका व्यक्ति नेतृत्वमा पुग्ने र नयाँ जोश जाँगर भएका वास्तविक र नियमित अध्ययनरत विद्यार्थीहरू नेतृत्वदायी भुमिकाबाट वञ्चित हुने अवस्था आउन यस स्ववियुमा दिनुहुँदैन । विद्यार्थी आन्दोलन शिथिल भएर जाने,विगतका विद्यार्थी आन्दोलन र योगदानको गौरवमय इतिहास समेत ओझेलमा पर्ने भएकाले पनि विगतका उपलब्धिहरूको रक्षा गर्नका लागि पनि उमेरको हदबन्दी अति सान्दर्भिक थियो र भयो । तर नियमित २/२ बर्षमा स्ववियु निर्वाचन हुन नसक्दा राजनीतिको जग मानिने बिद्यार्थी संघसंगठन र स्वबियु को आज औचित्यता मा प्रश्न खडा हुन थालेको छ ।

चुनाव भनेको एउटा परीक्षा हो र चुनावमा हारजित हुनु स्वभाविक छ । त्योभन्दा महत्वपूर्ण कुरा एउटा प्रणालीको सुरुवात गर्नु हो । त्यसकारण उमेर हदबन्दीका कारण कुनै संगठन विशेषलाई नोक्सानी होला तर सिङ्गो विद्यार्थी आन्दोलनलाई यसले पुनर्जीवन दिनेछ वास्तविक विद्यार्थीले नेतृत्व गर्ने अवसर पाउँदछ । एकाध संगठनलाई बेफाइदा भएतापनि निर्वाचन र वास्तविक विद्यार्थीमाथि हुने गरेको अन्यायको अन्त्य हुनेछ । सिङ्गो विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिलाई फाइदा पुग्नेछ । र, यो नै हामी सबैको जित हो ।

वास्तवमा स्ववियु विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि मात्रै नभई जनजीविकाका सवाल र राष्ट्रियताका सवालमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले स्ववियु निर्वाचनलाई पनि समय सापेक्ष बनाउँदै लैजानु आवश्यक छ । अनियमितता र भ्रष्टचारको अखडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ । करोडौं पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि कहिल्यै विद्यार्थीको माझमा नफर्कने,चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ । त्यसका लागि सुरुबाटै आचारसंहिता बनाएर जानु उपयुक्त हुन्छ ।

तसर्थ नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ । पछिल्लो समय स्ववियु सञ्चालन सम्बन्धी उपयुक्त नियमावली र आचार संहिताको अभावमा विद्यार्थी आन्दोलन सुस्ताएकै हो ।
सुस्ताएको विद्यार्थी आन्दोलनलाई पुनः जागृत गराउनु आजको आवश्यकता र सम्पूर्ण विद्यार्थी संगठनहरुको गहन जिम्मेवारी हो । त्यो जिम्मेवारी पुरा गर्न र सुस्ताउँदै गएको नेपाली विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिने एउटै विकल्प अहिले घोषणा भएको उमेर हदबन्दी कार्यान्वयन भए सँगै विधार्थिको ठुलो उपलब्धिलाई संरक्षण गर्दै स्ववियु निर्वाचन गर्नु हो । विद्यार्थी संगठनहरुको लागि यो एउटा राम्रो मौका पनि हो । यसलाई हामीले सदुपयोग गर्न सकेनौं भने विधार्थि आन्दोलनबाट प्राप्त ठूलो मुल्य चुकाउन पर्नेछ१नेकपा ९बहुमत० निकट विद्यार्थी संगठनले सिम्रतु क्याम्पस संगै जिल्लाका अन्य क्याम्पसहरुमा पनि स्ववियू सभापतिमा उम्मेदवारी दिने बताए । अन्य विद्यार्थी संगठनले पनि स्ववियू सभापति घोषणा गर्दैछन । स्ववियू निर्वाचन यहि चैत्र ५ गते हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार