३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, बढेको मुल्य यस्तो छ

काठमाडौँ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार