१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

अर्घाखाँचीमा छोरीले गरिन आमाको काजकिरिया

लक्ष्मी खनाल / अर्घाखाँची ।

बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा लाई तोडदै अर्घाखाँचीमा एक छोरीले आमाको काजकिरिया गरेकी छिन् ।

सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी पुरानो बसपार्क निवासी डिल बहादुर गुरुङकि छोरी बसन्ता गुरुङले आफ्नो आमा ७३ वर्षीय प्रेमकला गुरुङको काजकिरिया गरेकी हुन । उनको उपचारको क्रममा फागुन ११ गते निधन भएको थियो ।

हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइए पनी पण्डितले बस्न मिल्छ अन्त पनि बसेका छन् । आफ्नो बुबाको किरिया आफैँ बस्दा झन् राम्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको बताइन् ।देवघाटमै पुगेर आमालाई दागबत्ती दिएकी थिइन् ।

हामी दुई बहिनी छौं । जेठो दिदी को श्रीमान विदेश हुनुन्छ उहाँ किरिया पछि बस्नु हुन्छ । आमाको हेरचाह गर्न सक्ने हामी आमाको संस्कार पनि त गर्न सक्छौँ । समाजमा छोरीले मलामी जानुहुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो उनले भनिन् ।

समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेको भन्दै साहसलाई सामाजिक सञ्जालमा धेरैले प्रसंशा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार