१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

आमा : सम्पुर्ण आमाहरूमा समर्पित

सीता बन्जाडे,भुसाल/ अर्घाखाँची
आफु तडपिएर बाच्नुपर्दा पनि मेरो मुस्कानलाई बर्साउन आशुका ढिक्का लुकाएर मुस्काउने तिमी
मैले गरेका गल्तीहरु कति थिय कति तै पनि नम्रताले मेरा चाललाई हौसाउने तिमी
आफ्नो भोको पेट रित्तो भाडो हुँदा पनि मेरो खाली पेट भर्ने माध्यम खोजिरहने तिमी
निरक्षर भएर पनि मैले केरकार गरेका कापी किताव पल्टाउदै मेरो शैक्षिक उपलब्धि सोचिरहने तिमी
मेरो सपनालाई साकार पार्न आफ्ना इच्छा आकाङ्क्षालाई मिल्काउने तिमी
मेरो जीवन प्रज्वलित पार्न अध्यारो यात्रा रोजि बाचुन्जेल पनि दुख झेल्न तम्सिने तिमी
मेरो मनपर्ने हरेक चीजको शब्द शब्दमा जोडि राख्ने शब्दभण्डार तिमी
मेरो खुसीका लागि आफ्नो अथाह सङघर्ष विर्सी मेरै प्रशंसाले पहिचान बनाउन खोज्ने तिमी।।
हरेक सम्बन्ध कतै न कतै स्वार्थमा तल्लिन हुँदा पनि निस्वार्थ प्रेमकी खानी हौ तिमी
हरेक विहानीको प्रारम्भ देखि रातीको सपना सम्म मेरो जीवनचक्र चलाउने बानी हौ तिमी
मैले खुसीमा विर्सन पुगेपनि अप्ठ्यारोमा पुकार गर्ने साहस र विश्वास हौ तिमी
अन्तिम क्षणमा पुगेर भए नि विग्रिएको सन्तानलाई सपार्न खोज्ने मेरो खास र अभास हौ तिमी
यो धर्ति यो आकाशमा टेकाउन अनि देखाउन कै लागि हरेक पिडा सहने पिडित हौ तिमी
तिमी थियौ र म आए , सबै अभाव तिमीले झेलियु र म सुरक्षित भए तेसैले त तिमी आमा हौ ।।जीवनदाता हौ । मेरो प्रणेता हौ । मेरो संसार हौ ।
आमा आमा आमा ????????
रचनाकार शिवमदन माध्यमिक बिधालय पाणिनी- ७ अर्घाखाँचीमा अध्यापनरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार