तराईका केही जिल्लाको तापक्रम ३० डिग्री माथी,यसपालि गर्मी धेरै हुने अनुमान

काठमाण्डौ ।
प्रि–मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको छ । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ ।

जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, धरान ३१ दशमलव ८, भैरहवाको ३१ दशमलव ९, सिमराको ३१ दशमलव ४, विराटनगरको ३१ दशमलव २, नेपालगञ्जको ३० दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ ।

यसपालिको हिउँदमा खासै पनि नपरेकाले सुक्खापन बढेको छ । हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार