३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

वसन्त र अस्मिताको ‘एउटा मुटु’ कसरि ? हेर्नुस “भिडियो”

माधव बेल्वासे / अर्घाखाँची ।
अर्घाखाँचीमा जन्मेर राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल गायक तथा संगीतकार वसन्त लम्साल तथा गायिका अस्मिता अधिकारीको स्वरको नयाँ यूगल लोक गिति कोशेली ‘एउटा मुटु कसलाई पुर्याउने’ सार्वजनिक भएको छ ।

लोक भाकाको यो गीतलाई संगीतकार वसन्त लम्सालले संगीतबद्ध गरेका छन् भने नबिन मल्लले यो गीत रचना गरेका हुन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन् । सुनिल क्षेत्रीद्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी तथा निर्देशक क्षेत्रीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । दुर्गा पौडेलद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
लोक गायक लम्सालले गितले दर्शक तथा श्रोताहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन् । कर्णप्रिय स्वरमा सु-सज्जित गितमा उत्कृष्ठ भिडियो समेत रहेको छ । सार्वजनिक भए लगत्तै धेरै दर्शकहरुले गित मन पराएका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार