२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

कविता : विश्वले चिन्नेछ बालेन

हरेक नेपालीहरुको घरमा दाल चामत,तरकारी सकिएर लालाबाला भोकै बस्दा दिनभरी श्रम गरेर बेलुका खान नपुग्दा, देशमा महङ्गीले गगन छुन खोज्दा,
जन्मभुमिमा केही भविस्य नदेखी
बाबा भन्न नसक्ने भएका सन्तान र
मृत्युको बाटो कुरेर बसेका बुढा बाआमालाई
छोडेर परदेशिनु पर्दा ,
देशमा अन्याय,अत्याचार, हत्या, हिम्शाले सिमा नाघ्दा, कानुन समेत राजनीतिको कठपुतली बन्दा , शिक्षा ,स्वास्थमा खेलवाड हुँदै मनपरी चल्दा , देशको सार्बभौमसत्ता,रास्ट्रिय अखण्डता माथि धुलो उडाउदा , देशको पक्षमा बोल्ने एकमात्र सच्चा छोरो तिमी नै हौं बालेन , छिमेकीको गुलाम बनेर देशनै लिलाम गर्न पछि नपर्ने घुसखोरी नेताहरुलाई तह लगाउन तिमी अब यसरी नै अघि बढ्नुपर्छ , नेपाली जनताले हार खाइसकेको अवस्थामा अब तिमी जङ्गबहादुर बनेर लाग्नुपर्छ,
बलभद्र ,भिमसेन बनेर ताल्नुपर्छ
नत्र भने देश बेचेर सक्छ्न बालेन ,
मेची महाकाली अनि हाम्रो शिर सगरमाथा पनि बेच्न पछि पर्दैनन् ,
तिमीमात्र आशाको किरण हौं, परदेशका तथा घरदेशका नेपालीहरुको,
अघि बढ है बालेन वीर शहिदको सपना पूरा गर्न , हामी साथमा छौँ , नेपाल आमा साथमा छिन्
श्रष्टा :
निरु आचार्य “नवरश्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार