२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

जनताको कुरा सुन्न “मिसन ग्रासरुट” : डा. राजन भट्टराई

कपिलवस्तु ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले जनताको कुरा र समस्याहरू सुनन्न नेकपा एमाले जनताको घरदैलोमा आएको बताएका छन् ।

विगतमा नेताका कुरा जनताले सुन्ने गरेको भए पनि अहिले जनताको कुरा सुन्न एमाले ‘मिसन ग्रासरुट’ अभियान लिएर टोल–टोलमा र घर–घरमा आएको उनको भनाइ छ ।

‘विगतमा नेताका कुरा जनताले सुन्ने गरेका थिए, यस पटक जनताको कुरा सुन्न नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान लिएको तपाइँहरूको घरदैलोमा आएको छ,’ पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्र्तगत आज बिहीबार कपिलवस्तु नगरपालिकाको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो अभियानमार्फत जनताका समस्या जनताकै घर आँगनम हामी सुन्नेछौँ र समाधानका लागि पार्टीका तर्फबाट कार्ययोजना नै बनाएर अघि बढ्नेछौँ ।’

डा. भट्टराईले पार्टीभित्रका नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रूपमा समेत अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानका क्रममा प्राप्त जनताका समस्यालाई पार्टीले एकीकृत योजनामार्फत समाधान खोज्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार