२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको अध्यक्षमा गोबिन्द बि. सि.

गोपाल प्रसाद भट्टराई
चैत्र–१२,अर्घाखाँची
राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको अध्यक्षमा गोविन्द वि.सी. निर्वाचित हुनुभएको छ । आइतबार सन्धिखर्क मसालबजारमा सम्पन्न दोस्रो नगरअबिधेशनले अध्यक्ष वि.सी.को नेतृत्वमा २१ पूर्ण र ७ वैकल्पिक गरि २८ सदस्यिय नगरसमिति सर्वसहमत गठन गरेको हो । जसको उपाध्यक्षमा रुद्र पराजुली, सचिबमा जिवनारायण खनाल, सह–सचिबमा बसन्त खड्का र कोषध्यक्षमा लिला भुसाल चयन हुनुभएको छ । राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.ले उद्घाटन गर्नुभएको अधिवेशनले ७ सदस्यिय सल्लाहकार समितिपनि गठन गरेको अध्यक्ष गोविन्द वि.सी.ले जानकारी दिनुभएको छ । अधिवेशनको उद्घाटनशत्रमा नेता वि.सी.सहित केन्द्रिय सदस्य सागर के.सी,जिल्ला अध्यक्ष थम्मन के.सी., जिल्ला सचिव बाबुराम पन्थी र अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला रानाले मन्तव्य राख्दै मुलुकमा ब्याप्त पूजिंवादको साम्राज्यले राष्ट्रियता संकटमा परेको बताउनुभएको छ । राष्ट्रियता र अखण्डताको निम्ती राजमोले थालेको आन्दोलनमा सबै एक भएर लड्नुपर्ने उहाँहरुको जोड रहेको छ । निर्वतमान नगर अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता,गोपाल पाण्डेको स्वागत मन्तव्य र बसन्त खड्काको संचालनमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रिय सदस्य यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवतmा पशुपति ढकाल,राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,अखिल किसान महासघंका प्रदेश सदस्य भिमलाल आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार