एसईई परिक्षाको तयारी पुरा अर्घाखाँचीबाट ३ हजार बढि विद्यार्थी सहभागि हुदै

लक्ष्मण घिमिरे –अर्घाखाँचीमा एसईई परिक्षाको तयारी पुरा भएको छ। यस वर्षको एसईई परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला परिक्षा समन्वय समिति अर्घाखाँचीले जनाएको छ ।

चैत्र १७ गतेबाट शुरु हुने जाँचमा जिल्लाभर १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । १७ वटा परिक्षा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, २४ जना सहायक केन्द्राध्यक्ष, ६४ जना निरिक्षक, ३३ जना सहायक कर्मचारी र ६७ जना कार्यालय सहयोगी खटाइएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मणिराम पराजुलीले जानकारी दिए। ‌

परिक्षामा नियमित तर्फ छात्रा १ हजार ५९४, छात्र १ हजार ५९२ गरि ३ हजार १८६ विद्यार्थी सहभागी हुने छन् । ग्रेडवृद्धि तर्फ छात्रा ५४ र छात्र ३५ गरि ८९ विद्यार्थी सहभागी हुने छन् । दुबै तर्फ गरि कुल ३ हजार २७५ विद्यार्थीले जाँच दिंदै छन् ।

परिक्षा हुने १७ वटै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेका छन् भने प्रश्नपत्र केन्द्र नजिक रहेको प्रहरी चौकीमा पुगिसकेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी मिना अर्याल,  गुल्मपती वासुदेव पङेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, शसस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अनुसन्धान अधिकृत खिमानन्द पोख्रेल, १७ जना केन्द्राध्यक्ष, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

बैठकमा परिक्षामा खटिएका केन्द्राध्यक्ष लाई अभिमुखिकरण तालिम समेत दिईएको छ ‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार