ड्रिम ग्रुपले सातै प्रदेशमा आउटलेट खोल्ने

बुटवल, ।
ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रा.लिको १३ औं बार्षिक उत्सवको अवसर पारेर कर्मचारी सम्मान गरिएको गरिएको छ ।
ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राममा भएको कार्यक्रममा अध्यक्ष गोपाल राना, सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गिता थापा, ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका जनरल म्यानेजर लक्ष्मण खड्का लगायतको सहभागीतमा कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
रिर्सोटमा कार्यरत कर्मचारीहरु मध्ये विभिन्न विधामा १८ जना कर्मचारीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो । साथै १३ औ बर्षिक उत्सवको अवसरमा केक काटेर सेलिब्रेसन गरिएको हो ।
रुपन्देहीमा स्थापनाभई होटल व्यवसायमा चेन विजनेशको सुरुवात गरेको गरेको ड्रिम ग्रुपले प्रदेशका सात वटै राजधानीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ । अहिलेको विषम परिस्थतिको कारण केही समय ढिला भएपनि आउटलेट खोल्ने योजना अभियानकै रुपमा अगाडी बढ्ने बताएका छन् । हाल ड्रिम ग्रुप अन्र्तगत ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राम र बुटवलमा बुटिक होटलको रुपमा ड्रिम ईन्टरनेशनल होटल सञ्चालनमा आएको छ । कार्यक्रमको सन्चालन कम्पनीका लेखा प्रमुख दिपेन्द्र सिङ जि सीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार